नेपाल र मोरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै


खबरस्टोरी संवाददाता
१८ माघ २०७८, मंगलवार
नेपाल र मोरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

काठमाडौँ। आज ( मंगलबार) नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ।  गएको शनिबार भएको पहिलो खेलमा बिमल घर्तीमगरको गोलमा जित निकालेको नेपालले मंगलबार फेरि मोरिसससँग खेल्न लागेको हो ।

आज प्रतिस्पर्धा गर्ने नेपाली टोली शनिबार भन्दा फरक हुनेछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मंगलबारको खेलका लागि यसअघि घोषणा गरेको टोलीमा दुई खेलाडी परिवर्तन गरेका छन् । उनले अनन्त तामाङ र प्रशान्त अवस्थीको स्थानमा दर्शन गुरुङ र मनिष डाँगीलाई राखेका छन् ।