खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए ।
यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए ।