काठमाडौं । ओमानको ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल दोस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट यात्राको नजिक पुगेको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट यात्राका लागि नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता छ । नेपाल र युएईबीचको खेल नेपाली समय अनसार आज अपरान्ह ३ः४५ देखि सुरू हुनेछ ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप यात्रा गरेको थियो ।
सोमवार भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । ग्लोबल छनोटमा फाइनलमा पुगेका दुई टोली विश्वकपमा पुग्ने प्रावधानअनुसार सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको थियो ।