काठमाडौं । चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ ।युएईसँग १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सफल भएको थियो ।सुरुवात युएईले मध्यम खेल प्रदर्शन गरेपनि पछि चिराग सुरी र रोहन मुस्तफाको साझेदारीले नेपाललाई बलियो लक्ष्य दिन सफल भएको थियो ।
२३ रनमा यूएईले पहिलो विकेट गुमाएको थियो । ओपनर मोहम्मद वासिमलाई साहब आलमले दिपेन्द्रसिंह ऐरीको हातबाट २२ रनमा आउट गराउन सफल भएका थिए । उनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहन सफल भएका थिए ।