Media Network

नेपालमा ‘केजिएफ २’ को क्रेज, एक हप्ता पहिले नै अग्रीम बुकिङ खुला


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७८,शनिबार

काठमाडौं। वर्षकै सर्वाधिक बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘केजिएफ २’को नेपालमा एक हप्ता पहिले नै अग्रिम बुकिङ खुला गरिएको छ । नेपालमा हालसम्म कुनै पनि फिल्मको प्रदर्शन हुन एक हप्ता पहिले नै अग्रिम बुकिङ खुला भएको सम्भवतः यो पहिलोपटक हो ।

काठमाडौंमा दुई हप्ता पहिले मात्रै सञ्चालनमा आएको न्यूरोडको रञ्जना सिनेप्लेक्सले आज शुक्रबारदेखि फिल्मको ६ शो को अग्रीम बुकिङ खुला गरेको हो । हाल फिल्म हलहरुमा धुम मच्चाइरहेको फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै उक्त हल सञ्चालनमा आएको थियो ।

आगामी शुक्रबार अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपालमा प्रचार तीव्र गरिरहेका बेला दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘केजिएफ २’ को बुकिङ खुला गरिएको हो ।‘केजिएफ २’ मा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका छ । यसको पहिलो भागले समेत नेपालमा धुम मच्चाएकाले पनि यो फिल्म बहुप्रतिक्षित बनेको छ । हालै सञ्चालनमा आएको हलमा दर्शकको आकर्षण बढाउन सञ्चालक टिमले एक हप्ता पहिलेजस्तो चर्चित दक्षिण भारतीय फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेको सहजै अनुमान लगाउन सकिन्छ । हलका अपरेशन हेड विनोद पौडेलले भने ‘केजिएफ २’ प्रतिको दर्शकको क्रेजलाई ध्यानमा राख्दै टिकट बुकिङ खुला गरिएको दाबी गरे । यो फिल्म यहि अप्रिल १४ बाट प्रदर्शनमा आउँदैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद