Media Network

नर्वेको रोमान्चक जित, स्वीटजरल्याण्डसँग पोर्चुगल पराजित


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौं । यूईएफए नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा नर्वेले स्वीडेनलाई पराजित गर्दा पोर्चुगल स्वीटजरल्याण्डसँग हारेको छ । 

रातीको खेलमा नर्वेले स्विडेनलाई ३–२ अन्तरले पराजित गरेको हो । नर्वेका लागि युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे भने  एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे ।                          स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोर ग्योकिरेजले एक एक गोल फर्काए । स्वीडेनका लागि फोर्सवर्गले ६२ औं मिनेटमा तथा ग्योकिरेजले खेलको अन्तिममा इन्ज्यूरी समयमा एक गोल गरेका थिए । 

जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै, आइतबार राती नै क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगल स्वीटजरल्याण्डसँग १–०ले पराजित भएको छ । रोनाल्डोलाई भने स्वीटजरल्याण्डसँगको खेलमा विश्राम दिइएको थियो । 

ह्यारिस सेफेरोभिकले खेलको पहिलो मिनेटमा नै गरेको गोल स्वीटजरल्याण्डको जितका लागि निर्णायक बन्यो । 

यूईएफए नेशन्स लिग ग्रुप ए २ को आइतबार राती नै भएको अन्य खेलमा चेक रिपब्लिक स्पेनसँग २–० ले पराजित भयो भने नर्थ म्यासेडोनियालले गिब्राल्टरलाई ४–० को फराकिलो अन्तरले हरायो । यस्तै, ग्रिसल कोसोभोलाई २–० ले पराजित गर्दा माल्टाले सान मारिनोलाई १–० ले हरायो । 

लिगको गएरातीको खेलमा नर्थ आयरल्याण्ड र साइप्रस, जर्जिया र बुल्गेरिया, स्लोभेनिया र सर्वियाबीचको खेलहरु बराबरीमा टुंगियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद