Media Network

निशान र कविताको स्वरमा रिलिज भयो नयाँ गीत- 'मकैको घुङ्गा'


खबरस्टोरी संवाददाता

१२ कार्तिक २०७८,शुक्रबार

काठमाडौं । लोकप्रिय गायक निशान भट्टराई र गायिका कविता श्रेष्ठको आवाजमा रहेको 'मकैको घुङ्गा' बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा बिकाश बिष्टको शब्द तथा यमु शर्मा सुब्बाको संगीत रहेको छ । गीतमा सुमन राईको एरेन्ज रहेको छ । गीतको भिडियोमा लोकप्रिय नायक पल शाह र मोडल गरिमा शर्मा फिचर्ड रहेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने रुपेश खड्काले सम्पादन गरेका हुन्। 

 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद