Media Network

निता ढुंगाना र हरिहर अधिकारीले कसे लगनगाँठो


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौँ। ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आज २४ गतेका दिन लगनगाँठो कसेका छन्।  उनीहरुले चार वर्षे प्रेम सम्बन्धलाई  विवाहमा परिणत गरेका हुन् ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए । 

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम पनि गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । विवाहित जोडीले २६ गते आइतबार होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने भएका छन् ।  वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपछि नजिक भएका थिए । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद