Media Network

नीताको विवाह ज्योतिषसँग, पाँच तारे होटलमा भब्य पार्टी


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं । अभिनेत्री नीता ढुंगाना शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छन् । उनी ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । 

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भब्य समारोहकाबीच नीता र हरिहरको विवाह आयोजना गरिएको छ । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । 

मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायतका कलाकारहरु उपस्थित थिए । केही बर्षअघिदेखि हरिहरसँग प्रेम गर्दै आएकी नीताले केही दिनअघि मात्रै आफ्नो जोडीकोबारेमा सार्वजनिक गरेकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद