Media Network

नवप्रवेशी गुजरात टाइटन्सलाई आईपीएलको उपाधि


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै पहिलो पटक आईपीएलमा सहभागी गुजरातले उपाधि जितेको हो । लिगमा गुजरातले राजस्थानलाई लगातार तेस्रो खेल पराजित गर्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ३० रन जोडेको थियो । 

अहमदाबादमा राजस्थानले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको गुजरातले ११ बल बाँकी छँदै १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । 

गुजरातको जितमा सुबमान गिलले नटआउट ४५ रन जोड्दा क्याप्टेन हार्दिक पाण्डेले ३४ रनको योगदान गरे । 

यस्तै, डेभिड मिलरले ३२, म्याथ्यु वेडले ८ र ऋद्धिमान साहले ५ किेट जोडे । 

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले एक÷एक विकेट लिएका थिए ।

यसअघि पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लिग चरणमा पनि राजस्थान गुजरातसँग पराजित भएको थियो । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद