नयाँ कमेडी रियालिटी शो ल्याउँदै जीतु नेपाल


खबरस्टोरी संवाददाता
३ पुष २०७८, शनिबार
नयाँ कमेडी रियालिटी शो ल्याउँदै जीतु नेपाल

काठमाडौँ।  हास्य कलाकार जीतु नेपालले पुन: कमेडी रियालिटी शो ल्याउने भएका छन्। केही समय अगाडि ‘मुन्द्रेको कमेडी क्लब’ शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उक्त कार्यक्रम उनले बन्द गरेका थिए। 

 उनले अब नयाँ शो ल्याउने र शोको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग  कुरा भइरहेको उनले बताए । जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । साथै टेलिभिजन फाइनल हुने बित्तिकै शो प्रसारण हुने उनले बताए।