Media Network

न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा भारतकाे फराकिलो जित


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली भारतले फराकिलो जित हात पारेको छ । पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो।

टस जितेर ब्याटिङ सुरु गरेको भारतका मयंक ग्रवालले पहिलो पारीमा १५० रन बनाएका थिए। जहाँ न्युजिल्यान्डका अजज पटेलले १० विकेट नै गिराएका थिए।  त्यो पारीमा भारतले ३२५ रन बनायो।

पहिलो पारीमा न्युजिल्यान्डले ६२ रन मात्र बनाउन सकेको थियो जहाँ केलियन जयमसनले १७ रन जोडेका थिए। त्यस्तै, भारतका रविचन्द्र अश्विन, मोहम्मद सिरज, अक्षर पटेल र जयन्त यादवले क्रमशः ४, ३, २ र १ विकेट लिएका थिए। दोस्रो पारीमा मयंकले ६२ रन बनाए भने चेतेस्वर पुजारा र सुभमन गिलले समान ४७ रन बनाएपछि भारतले २७६ रन जोडेको थियो। त्यो पारीमा अजज पटेलले चार र रचिन रवीन्द्रले तीन विकेट लिए।

खेलको अन्तिम पारीमा न्युजिल्यान्ड १६७ रनमा समेटिएपछि भारतले जित निकालेको हो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद