Media Network

नायक पल शाहको प्रतिक्रिया: समिक्षालाई प्रतिस्पर्धि साथीहरुले उकासे,जसको प्रमाण मसँग छ


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाडौँ। अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बिचको गोप्य अडियो सार्वजनिक भएपछि अन्तत: पल शाहले आफ्नो मुख खोलेका छन् ।आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा पलले सामाजिक संजाल फेसबुक मार्फत प्रतिक्रिया दिएका हुन् । 

 उनले फेसबुक पोष्ट मार्फत गायिका समिक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मीले आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।  उनले हाल भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा समेत  शंका व्यक्त गरेका छन् । 

उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

उनी थप्छन्, ‘मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’




Share:
Reaction :
ताजा समाचार
खेलकुद