Media Network

न्यूरोडको रञ्जना सिनेमा हल आजबाट पुनः सञ्चालनमा


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । काठामडौंको न्यूरोडको रञ्जना सिनेमा हल शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएको छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । 

एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।

विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए । 

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेड सेन्टर सञ्चालनमा आएको थियने ।  वि.सं. २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा न्युरोडस्थित रञ्जना हल बन्द गरिएको थियो ।

कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले सञ्चालन गरेको हलमा बिहीबार साँझ ‘विशेष शो’ आयोजना गरिएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद