Media Network

न्याय खोज्दै वर्षा सिवाकोटी प्रेस काउन्सिल पुगिन्


खबरस्टोरी संवाददाता

८ पुष २०७८,बिहीबार

काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई ब्यक्तिगत आँच पुगेको भन्दै प्रेस काउन्सिल पुगेकी छन् ।  

रंग पत्रकार प्रकाश सुवेदीले आफ्नो चरित्रहत्या गरेको भन्दै नायिका सिवाकोटी न्याय खोज्न प्रेस काउन्सिल पुगेकी हुन् । 

एपी वान टेलिभिजनबाट प्रसारणमा आउने कार्यक्रम रजटपटमा आफ्नो व्यक्तिगत कुरा निकालेर घोच पेच्च गरेको भन्दै उनले पत्रकार प्रकाश सुवेदीविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । 

सुवेदीले पत्रकार आचारसंहिताविपरित कार्य गरेको भन्दै उनले प्रेस काउन्सिलमा निवेदन दिएकी हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद