ओस्कार अवार्ड : जब विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडियोसहित)


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
ओस्कार अवार्ड : जब विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडियोसहित)

काठमाडौं । हलिउड अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेका छन् ।  लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोमा उक्त्त अनपेक्षित दृष्य देखिएको हो । 

समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपश्चात उत्तेजनामा आएका स्मिथ सरासर मञ्चमा गएर रकलाई गालामा थप्पड हानेका थिए । स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो ।

रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए । स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद गरेनन् । हाँसेर टारे । कार्यक्रममा उपस्थितहरू भने स्तब्ध बनेका थिए । यो कार्यक्रम लाइभ टेलिकास्ट भइरहेको थियो ।

स्मिथले क्रिस रकलाई स्टेजमा हिर्काएकोमा माफी पनि मागे । सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।’ 

त्यस्तै विल स्मिथले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । उनले फिल्म किङ रिचर्डका लागि उक्त अवार्ड पाएका हुन् । फिल्ममा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिता किङ रिचर्डको भूमिका निभाएका थिए ।