Media Network

ओस्कर अवार्डः कसले के उपाधि पाए ?


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम स्थलमै प्रस्तोता क्रिस रकलाई थप्पड हानेका छन् । 

कार्यक्रम प्रस्तोता क्रिस रकले स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेपछि आक्रोशित भएका स्मिथले कार्यक्रम मञ्चमै थप्पड हानेका हुन् । यद्यपि प्रस्तोता रकले भने थप्पड खाएपछि हाँसेरै टारेका थिए । 

रकले फिल्म जी.आई.जेनको विषयमा विल स्मिथकी श्रीमतीमाथि टिप्पणी गरेका थिए । 


विभिन्न विधामा विजेता घोषणा


प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । 

ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । ’द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् ।

यसअघि ’पियानो’बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ (२०२१) र क्याथ्रिन बिगलो (२०१०) पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी हुन् । 

उनी निर्देशित फिल्म ’पावर अफ दि डग’ सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो ।


ओस्कर विजेताको सूची ः


अन्तर्राष्ट्रिय फिचर फिल्म

ड्राइभ माई कार


उत्कृष्ट फिल्म

कोडा


उत्कृष्ट निर्देशक

जेन क्याम्पियन (द पावर अफ द डग)


उत्कृष्ट अभिनेता

विल स्मिथ (किङ रिचार्ड)


उत्कृष्ट अभिनेत्री

जेसिका चास्टेन द आइज अफ टेमी फेई


उत्कृष्ट सहअभिनेता

ट्रोय कटसर (कोडा)


उत्कृष्ट सहअभिनेत्री

अरियाना डेबेस (वेस्ट साइड स्टोरी)


एनिमेटेड फिचर फिल्म

इन्कान्टो


सिनेम्याटोग्राफी

डुन (ग्रिग फ्रेसर)


कस्ट्युम डिजाइन

इन्कान्टो


डकुमेन्ट्री फिचर

समर अफ सोल


डकुमेन्ट्री सर्ट सब्जेक्ट

‘द क्वीन अफ बास्केटबल’


मेकअप एण्ड हेयर स्टाइलिङ

द आइज अफ टेमी फेई


प्रोडक्सन डिजाइन

डुन


सर्ट फिल्म (एनिमेटेड)

द विन्डशिल्ड वाईपर


सर्ट फिल्म (लाइभ एक्सन)

लङ गुडबाई


ओरिजिनल सङ

नो टाइम टु डाइ


साउन्ड

डुन


भिजुअल इफेक्ट्स

डुन


फिल्म सम्पादन

डुन (जो वाकर)


ओरिजिनल स्क्रिनप्रले

बेल फास्ट (केनिथ ब्रनाघ)


एडप्टेड स्क्रिनप्ले

कोडा (सियान हेडर)


ओरिजिनल स्कोर

डुन (ह्यान्स जिमर)

Share:
Reaction :
ताजा समाचार
खेलकुद