Media Network

पीएम कप भलिबल : एपीएफ र न्यू डायमण्ड विजयी


khabarstory

१५ चैत्र २०७७,आईतवार

नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आइतबारका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र न्यू डायमण्ड विजयी भएका छन् । 

पहिलो खेलमा त्रिभुवन आर्मीलाई पराजित गरेको एपीएफले आईतबार दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई हराएको हो । प्रतियोगिताका सहभागी टिममध्येको कमजोर  देखिएको लुम्बिनीलाई एपीएफले सोझो सेटमा हराएको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा निरास पारेको हो । 

खेलमा एपीएफकी सरस्वती चौधरी ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, यति एयरलाइन्सका शिशिर गौतमले पुरस्कृत गरे । 

अर्को प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । न्यू डायमण्डले आर्मीलाई शुरुवातदेखि नै दबाबमा राखेको थियो । न्यू डायमण्डले शुरुवाती दुई सेटमा आर्मीलाई  २५–१८, २५–२१ मा हरायो । तेस्रो सेटमा आर्मी खेलमा फर्किएको थियो । आर्मीले २५–२३ ले न्यू डायमण्डलाई पराजित गरेपछि खेला प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर, चौथो सेटमा शुरुवाती अग्रता लिएर पनि आर्मी पराजित हुन पुग्यो । यो सेटमा न्यू डायमण्डले आर्मीलाई २५–२१ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको छ । 

दोस्रो खेल खेलेको न्यू डायमण्डले पहिलो जीत निकालेको हो । यसअघि न्यू डायमण्ड पुलिससँग पराजित भएको थियो । आइतवारको खेलमा न्यू डायमण्डकी झरना श्रेष्ठ ओमन अफ द म्याच भइन् । युएनडिपी नेपालका फरनाल्डो कोल्को र प्रदेश सांसद कृष्णा केसी नमूनाले उनलाई पुरस्कृत गरे । 

प्रतियोगितामा आर्मी दोस्रो पटक पराजित भएको छ । तीन खेल खेलेको आर्मीले एक खेल जितेको छ । 

RITZ

Shikhar Insurance

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पाँच लाख पुरस्कार पाउने छन् । दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ । प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।
 

 

प्रकाशित मिति: आईतबार, फागुन २३, २०७७, १८:४०:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद