पीएनजीविरुद्ध ब्याटिङमा उत्रियो नेपाल


खबरस्टोरी संवाददाता
१२ चैत्र २०७८, शनिबार
पीएनजीविरुद्ध ब्याटिङमा उत्रियो नेपाल
काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ ।

शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन ।

हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो ।