Media Network

पीएसजी स्टार्सवर्गसँग बराबरीमा रोकियो


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु टोली स्टार्सवर्गसँग शनिबार बिहान बराबरीमा रोकिएको छ । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा पिएसजी ३–३ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गरे भने पीएसजीले एक गोल आत्मघाती गरेको थियो । खेलको ७५औं मिनेटमा मार्को भेराट्टीले आत्मघाती गोल गरेका थिए ।

पीएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै केभिन गेमेइरोको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगियो । 

खेलको ६४औं मिनेटमा पीएसजीका लागि एम्बाप्पेको पासमा अचरफ हाकिमीले गोल गरे भने ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । 

इन्ज्युरी समयको अन्तिम मिनेटमा स्टार्सवर्गका एन्थोनी काचीले  गोल गरेपछि पिएसजी जितबाट वञ्चित भयो । 

बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद