Media Network

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौँ। चर्चित अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै 'हाँस्ने खेल्ने बेलैमा' बोलको गीत सार्वजनिक गरिएको हो। अन्जु पन्त र किरण गजमेरको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ। रामजी लामिछानेको कोरियोग्राफीमा पूजा र आकाशले नृत्य प्रस्तुत गरेका छन्।

निमेश प्रधानको निर्देशन रहेको फिल्ममा पूजा र आकाशसँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद