पाकिस्तानका कप्तान बाबर आजम ‘ओडिआई क्रिकेटर अफ दि इयर’


खबरस्टोरी संवाददाता
१० माघ २०७८, सोमबार
पाकिस्तानका कप्तान बाबर आजम ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन् ।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए । गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २(१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए । उनले २२८ रन बनाएका थिए ।

यस्तै इङ्ल्यान्डविरुद्धको शृंखला ३(० ले गुमाउँदा पनि आजमले १७७ रन बनाएका थिए । यसअघि आजमकै ओपनर जोडी मोहम्मद रिजवान आईसीसी ‘टी(२० क्रिकेटर अफ दि इयर’ घोषित भएका थिए ।

यस्तै आईसीसी टी(२० विश्वकपको फाइनलमा ‘अम्पायरिङ’ गरेका माराइस एरास्मस आइसीसी ‘अम्पायर अफ दि इयर’ घोषित भएका छन् । उनी यसअघि सन् २०१६ र २०१७ वर्षको उत्कृष्ट अम्पायर बनेका थिए ।