Media Network

पल र समीक्षाको सम्बन्धमा नयाँ ट्विष्ट ? भन्छिन् यथार्थ खुलाउने समय आउँदैछ


खबरस्टोरी संवाददाता

७ माघ २०७८,शुक्रबार

काठमाडौँ। हाल चर्चित गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धबारे विभिन्न चर्चा हुँदै आएको छ । एक टेलिभिजन कार्यक्रममा गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धबारे  खुलासा भएपछि समीक्षा र पल दुवैले सो समाचारको खण्डन समेत गरेका थिए । तर, समीक्षाले बिहीबार सामाजिक सञ्जालमा समय आउँदै छ, यथार्थ खुलाउनेछु भन्दै सोही सन्दर्भको स्टाटस पोष्टाइन् । 

उनले फेसबुकमा पोस्ट गर्दै लेखिन्, ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ 


गत २४ अक्टोबरमा उनले आफु र पलबीच अभिभावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रहत्या भएको बताएकी थिइन्। उनले पल शाहसँगको सम्बन्ध कपोकल्पित भएको बताउंदै सञ्चार माध्यममा आएका समाचारहरुमा उनको र पलको सम्बन्धलाई तोडमोड गरेर प्रकाशन गरिएको बताएकी थिइन्। तर अहिले समीक्षाले आफ्नो बोली फेरेकी छन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद