Media Network

पल–समीक्षा काण्डः अभिनेता पललाई हुनसक्छ दशदेखि बाह्र वर्षसम्मको जेल सजाय


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाडौ । मोडल तथा अभिनेता पल शाह र चर्चित गीत गाएर चर्चाको शिखरमा पुगेकी पोखराकी समिक्षा अधिकारीबीचको सम्बन्धमा अभिनेता पल शाहले उनलाई यौन शोषण गरेको तथ्य खुलेको छ । 

गीतको सुटिङका क्रममा डेढ वर्षअघि पोखरा गएका पल शाहले माया जालमा फसाएर यौन शोषण गरेको समिक्षा आफैले खुलासा गरेकी छन् । जसको अडियो फुटेज यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।पहिलो पटक सार्वजनिक भएको उक्त अडियोमा पल शाहले चलचित्र क्षेत्रका केही अभिभावकहरुसँग छलफल गरी गुपचुप रुपमै उनीहरुबीचको सम्बन्धलाई मिलाउने प्रयास गरेको खुलेको थियो भने दोस्रो पटक समिक्षाले आफूलाई मायाजालमा फसाएर केहि समयदेखि पलले यौन शोषण गरेको भनी बताएको कुराकानी टी–सिने नेपालले सार्वजनिक थियो । 

यद्यपी मंगलवार मात्र सो अडियो र घटनाबारे पलले अस्वीकार गरेका छन् । सो अडियोमा सुनिने आवाज आफ्नो नभएको र व्यवसाय तथा इन्डष्ट्रिज भित्रैबाट साथीभाइहरुले उकासेको प्रमाण समेत आफूसँग रहेको प्रतिक्रिया दिदै आफू पन्छिन खोजेको देखिएको छ । अब यो विषयलाई कानुनी दृष्टिकोणबाट हेर्नुपर्दा सो घटनामा अभिनेता पल शाह स्पष्ट रुपमा दोषी ठहरिन्छन् । उनीमाथि जवर्जस्ती करणीको मुद्दा आकर्षित हुन्छ । 

के भन्छ करणीसम्बन्धी कसूरमा कानुन ?

मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जवरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानूनले नगर्न भनिएको कुरा गरेमा कुन कुन अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।


जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ,

(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,

(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुनेछ ।

(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म ।

सो घटना या अडियोलाई नै आधार मान्ने हो भने पनि अभिनेता पल शाहमाथि गायिका समीक्षालाई जबरजस्ती करणी गरेको अभियोग लाग्न सक्छ र यदी सो अभियोग प्रमाणित भएमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजायको व्यवस्था नेपालको कानुनमा उल्लेख गरिएको छ ।












Share:
Reaction :
ताजा समाचार
खेलकुद