Media Network

पल शाह प्रकरण ःचलचित्र कलाकार संघको ध्यानाकर्षण


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अभिनेता पलको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निक्र्योल निकाल्ने भन्दै संघले समग्र चलचित्र क्षेत्र र कलाकारलाई लान्छना लगाउनु दुखद भएको जनाएको छ ।संघको केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले आज विज्ञप्ति जारी गर्दै व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक फरक कुरा भएकाले व्यक्तिको विषयलाई लिएर पेशा र व्यवसायलाई आक्षेप लगाउनु खेदजनक भएको जनाएका छन् ।

चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र, पेशा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगर्न पनि संघले सबैलाई अनुरोध गरेको छ ।

अभिनेता पल शाहले नाबालिका गायिकालाई झुठो मायाजालमा पारेर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा पिडितले किटानी जाहेरी दिएपछि मोडल तथा अभिनेता पल हालसम्म पनि फरार छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद