Media Network

पल शाह प्रकरण : नाबालिगका बाबुले पनि फेरे बयान


खबरस्टोरी संवाददाता

६ बैशाख २०७९,मंगलवार

काठमाडौ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका मोडल तथा अभिनेता पल शाहको मुद्धामा एकपछि अर्को मोड देखापर्दै आएको छ ।

हिजो (सोमबार) मात्रै जिल्ला अदालत तनहँुमा भएको बकपत्रमा पीडित नाबालिगले आफ्नो वयान फेरेकी थिइन्। उनले कसैको उक्साहटमा मुद्धा दायर गरेको बयान दिएकी थिइन्। त्यस्तै जाहेरवाला पिडितका बाबुले पनि आफ्नो बयान फेरेका छन्। 

बाबुले पनि पहिले दिएको बकपत्रमा भन्दा फरक बयान दिएका छन्। उनले करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी दिएको र आफुले नदेखेको बताएका छन्।आजै दुर्गेश थापाले पनि बकपत्र दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद