Media Network

पल शाह प्रकरण; उता प्रहरीमा उजुरी, यता फिल्म प्रमोशनको तयारी


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं । मोडल तथा अभिनेता पल शाह विरुद्द जबरजस्ती करणीमा आजै मात्र प्रहरीमा जाहेरी परेको छ ।

संयोग भनौ या दुखद फेरी आजैमा दिनमा कीर्तिपुरको एउटा हलमा बेलुकी ६ बजे ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर हुदैछ ।फिल्मको प्रिमियर हुनुभन्दा करिब एक घन्टा अघि सञ्चारमाध्यममा पलमाथि गायिका समीक्षा अधिकारीले जाहेरी दिएको समाचारले व्यापकता पाईसकेको छ ,जसका प्रभाव सिधै फिल्मको प्रमोशनमा पर्ने देखिन्छ ।सुदर्शन थापा र पुजा शर्माद्वारा निर्मित म यस्तो गीत गाउँछु २ मा पल शाह मुख्य भूमिकामा छन् । कोरोनाका कारण २ वर्ष अलपत्र परेको उक्त चलचित्र आगामी १३ गते रिलिज हुदैछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद