Media Network

पल शाहको बयान सकियो, बुधबार वकिलले बहस गर्ने


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

पूर्वी नवलपरासी ।  नाबालिका बलात्कारको आरोपमा पूर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका मोडल तथा अभिनेता पल शाहको बयान सकिएको छ ।

बलात्कारको अभियोगमा दायर सो मुद्दाको बयानका लागि पललाई मंगलबार पूर्वी नवलपरासीस्थित जिल्ला अदालतमा ल्याईएको थियो ।अदालतका अनुसार बुधबार शाह विरुद्धको मुद्दाको थुनछेक बहस हुनेछ । जहाँ शाहको पक्षबाट ९ जना वकिलले बहस गर्ने भएका छन् ।

यद्यपी अन्य वकिलले पनि पिडितको पक्षबाट बहस गर्न भन सक्नेछन् अन्यथा ।सरकारी वकिलले बहस गर्नेछन् । दुवै पक्षको बहसपछि शाहलाई थानामा राखेर अनुसन्धान गर्ने, साधा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो लाग्ने छ ।अभिनेता शाहले एक गीतको भिडियो सुटिगंका क्रममा बलात्कारको बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद