Media Network

पल शाहले दुईतर्फी बयान दिनुपर्ने, यसरी अगाडि बढ्दै अनुसन्धान प्रक्रिया


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । चर्चित नाबालिग गायिकामाथि बलात्कारको संगिन आरोप लागेका मोडल तथा अभिनेता पल शाहमाथि प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै पिडित पक्षबाट जाहेरी परेको थियो  ।

त्यसलगत्तै पलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका पल गत आइतबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनीविरुद्ध जिल्ला अदालतले सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसरी अगाडि बढ्दै अनुसन्धान प्रक्रिया

प्रहरीले पलविरुद्ध प्रमाण संकलनको कार्य सुरु गरिसकेको छ ।प्रहरी स्रोतका अनुसार पललाई अबको केहि दिनभित्रै तनहुँबाट गैँडाकोट लगिदै छ ।उनीविरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते त्यहिकोे एक होटेलमा बलात्कार गरेको भन्दै अर्को जाहेरी समेत दर्ता भएको थियो । गैडाकोटमा जाहेरी परेतापनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ । गैँडाकोटमा पलको अनुसन्धान सकिएपछि मिसिलसहित उनलाई पुन तनहुँ पठाइनेछ ।

प्रहरीले अनुसन्धानका क्रममा पल गैँडाकोटको उक्त होटलमा बसेको रेकर्ड देखि सो कुरालाई प्रमाणित गर्ने सबै खालका आधारहरु समेत हेर्नेछ । त्यससँगै उनको बयान गैँडाकोटमा समेत हुनेछ । र सो पश्चात त्यहाँबाट अनुसन्धानका सम्पूर्ण कागजातहरू सहित उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयलाई नै सुम्पिनेछ ।

कलाकारहरुको पक्ष विपक्षमा मत अभिमत 

पल पक्राउ परेदेखि नै कलाकारहरु एक आपसमा पलको पक्ष र विपक्षमा आ आफ्नो मत राख्दै आएका छन्। कोहि कानुनी प्रकृया भएकाले यसमा बोल्न नहुने भन्दै पन्छिएका छन् भने कोहि कलाकारहरु खुलेआम उनको समर्थनमा उत्रिएका छन् । 

यसैक्रममा नायिका पुजा शर्माले पलको समर्थनमा दिएको प्रतिक्रियाले सामाजिक संञ्जालमा एक खालको तरगं नै मच्चाएको छ । नायिका करिश्मा मानन्धर, रेखा थापा, ऋचा शर्मा,,रिमा विश्वकर्मा लगायतका अभिनेत्रीहरुले समेत यस सन्दर्भमा आफ्नो मत व्यक्त गरीसकेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद