Media Network

पिर गीतको विवादपछि प्रकाश सपुतको जवाफ– समाजबाट परिचालित छु


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौं।  चर्चित गायक प्रकाश सपुतले हालै मात्र बजारमा चर्चामा रहेको पिर गीतबारे मुख खोलेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित रहेको बताएका छन् ।माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् ।

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको जवाफ दिए । भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उनले प्रतिक्रिया दिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद