Media Network

‘पीर’ गीतपछि दीपक राज गिरीको प्रश्न– कुन पार्टीमा केही मानिसको रजाइँ र केहीको विजोक भा छैन ?


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौँ। अहिले गायक तथा संगीतकार प्रकाश सपुतले सार्वजनिक गरेको गीत ‘पीर’ लाई लिएर व्यापक टिका-टिप्पणी भइरहेको छ । सपुतको गीतलाई लिएर समर्थन र विरोधमा सामाजिक सञ्जाल नै रंगिएको छ । कलाकारिता क्षेत्रदेखि सर्वसाधारण सबैले उनको गीतमाथि आफ्नो टिप्पणी प्रस्तुत गरिरहेका छन्। यसैबीच   हाँस्य कलाकार दीपक राज गिरीले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत ‘पीर’ गीतलाई लिएर आफ्नो धारणा व्यक्त गरेका छन्। 

उनले  सपुतको गीत ‘पीर’ लाई लिएर माओवादीलाई गाली गर्न नहुने बताएका छन्। उनले गीत असाध्यै राम्रो बनेको भन्दै प्रशंसा पनि गरेका छन्। तर, यही मौकामा माओवादी पार्टीलाई समुह नै बनाएर सराप्नेहरुमाथि भने उनले प्रहार गरेका छन्।

उनले त्यस्तो कुन चाहि पार्टी छ जँहा  केहि मानिसको रजाइँ र केहि मानिसकोको हरि विजोक भा छैन ? भनी प्रश्न समेत गरेका छन्। उनका अनुसार कुनै पनि पार्टीले आफ्नो पार्टीमा यस्तो अवस्था छैन भनी भन्न नसक्ने अवस्था रहेको बताएका छन्। त्यस्तै उनले अन्त्यमा गीत नै बन्द गर्न दबाब दिनु चाहिँ गलत हो भनेका छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद