Media Network

पोर्चुगलको दोस्रो जित, नर्भे बराबरीमा रोकियो


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ । यूईएफए नेशन्स लिगको विहीबार रातीको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ भने नर्भे स्लोभेनियासँग बराबरीमा रोकिएको छ । 

विहीबार राति लिस्बोनमा चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गरी पोर्चुगलले लिगको समूह ए २ मा दोस्रो जित निकालेको छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक–एक गोल गरे । 

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ । 

यूएईएफए नेशन्स लिग अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा नर्वे गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भयो ।

स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । 

लिगको राती नै भएको अर्को स्पेनले स्वीट्जरल्याण्डलाई १–०ले पराजित गरेको छ ।  स्विट्जरल्यान्डलाई पराजित गर्दै स्पेन दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, विहीबार रातीको अन्य खेलमा कोसोभोले नर्दन आईल्याण्डलाई ३–०, ग्रीसले साइप्रसलाई ३–०, जर्जियाले नर्दन म्यासेडोनियालाई ३–०, स्टोनियाले माल्टालाई २–१, सर्वियाले स्वीडेनलाई १–०ले पराजित गर्दा बुल्गेरिया र गिब्राल्टरबीचको खेल एक एक गोलको बराबरीमा रोकिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद