Media Network

‘प्रेम गीत ३’को प्रदर्शन मिति अनिश्चित


खबरस्टोरी संवाददाता

२० पुष २०७८,मंगलवार

काठमाडौँ।  नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति भारतमा बढ्दै गएको कोरोना भाइरस संक्रमण दरको कारण स्थगित गरिएको छ।

चलचित्रका निर्माता सन्तोष सेनले भारत सरकारले ओमिक्रोनको संक्रमण तीव्र भएपछि हल बन्द गर्ने निर्णय गरेपछि ‘प्रेम गीत ३’ लाई प्रभाव पर्ने भन्दै चलचित्रको प्रदर्शन मिति स्थगित गर्नुपरेको जनाएका छन्। छेतन गुरुङ र सन्तोष सेन निर्देशित चलचित्र हिन्दी भाषामा पनि डबिङ गरिएको छ। ‘प्रेम गीत ३’ को हिन्दी डबको चलचित्रको गीतको लागि भारतका प्रसिद्ध गायक राहत पतहे अलि खान, अंकित तिवारी र पलक मुछालले स्वर दिएका थिए। यस्तै यो चलचित्र अरु भाषामा पनि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो।







Share:
Reaction :
ताजा समाचार
खेलकुद