Media Network

प्रेमी शरदसँग गायिका इन्दिराले कसिन लगनगाँठो


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौ । गायिका तथा मोडल इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । 

चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा मंगलबार प्रेमी शरद केडियासँग विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको थियो । विवाहअघि शरदसँग इन्दिरा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । शरद पेशाले फेसन डिजाइनर हुन् ।  


 इन्दिरा जोशीले सामाजिक सञ्जालमा विवाहको तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्–श्रीमती भयौं ।’ आइतवार इन्दिराले शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । 

फिल्म ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीतहरु चर्चित छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद