Media Network

प्रिमियर लिगः आर्सनलसँग चेल्सी पराजित


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । आर्सनलसँग भएको खेलमा चेल्सीलाई ४–२ अन्तरले पराजित भएको हो । चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १–१ गोल गरे । 

चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए ।

जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा पुगेकाे छ । पराजित चेल्सी ३१ खेलमा ६२ अंकका साथ तेस्रो स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३–० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । 

बुधबार रातीकै अर्को खेलमा न्यूक्यासलले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । खेलको ३२ औं मिनेटमा न्यूक्यासलका लागि मिगुअल अल्मिरोनले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । 

बुधबार राती नै भएको इभरटोन र लिसेस्टरबीचको खेल भने एक एक गोलको बराबरीमा रोकिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद