Media Network

प्रिमियर लिग : चार खेलहरु स्थगित


खबरस्टोरी संवाददाता

३ पुष २०७८,शनिबार

एजेन्सी । बेलायतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा त्यहाँको फुटबलमा पनि असर परिरहेको छ । बढ्दो कोरोनाकै कारण आज राति प्रिमियर लिगमा दुई खेल हुँदैछन् भने चार खेल स्थगित भएका छन् । 

मिडिया रिपोर्टका अनुसार कोरोना संंक्रमणका कारण चार खेलहरु स्थगित भएका हुन्  एस्टन भिल्लाले बन्र्लीसँग आमने सामने गर्दैछ । प्रशिक्षक स्टिभिन जेरार्डले जिम्मेवारी सम्हालेपछि एस्टन भिल्ला लयमा फर्किएको छ ।

बन्र्लीमाथि जित हात पार्ने भिल्लाको बलियो सम्भावना रहेको समिक्षकहरु बताउँछन्  त्यस्तै अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । लिड्सले यस सिजन गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन । फर्ममा रहेको आर्सनलले लिड्सलाई पराजित गर्ने बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद