काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको गएराती भएका खेलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी पराजित भएको छ ।
रातीको खेलमा लिभपुले वाट्फोर्डमाथि २–० को सहज जित निकाल्यो । लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक–एक गोल गरे । जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ । वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।
यस्तै, शनिवार रातीकै खेलमा म्यान्चेस्टर सिटीले बुर्नलीलाई २–० ले नै पराजित गरेको छ । सिटीका लागि केभिन डी ब्रुनेले खेलको पाँचौ मिनेटमा गोल गरी १–० को अग्रता दिलाए । खेलको २५ औं मिनेटमा गुन्डोगनले गोल थपे । ब्रुनले प्रहार गरेको बललाई गुन्डोगनले जाली चुमाएका थिए ।
शनिवार नै भएको अर्को खेलमा भने चेल्सी ब्रेन फोर्डसँग पराजित भएको छ । चेल्सीले ब्रेनसँग ४–१ को नराम्रो हार ब्यहोर्यो ।