Media Network

प्रिमियर लिगः लिड्स युनाइटेडलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।सिटीले लिड्स युनाईटेडलाई ४–० अन्तरले पराजित गरेको हो । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १–१ गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । लिड्स ३४ अंक जोडेर १७ औं स्थानमा छ ।

इंगलिस प्रिमियर लिगको शनिवार राती भएको अर्को खेलमा लिभरपुलले न्यूक्यासललाई १–०ले तथा एष्टन भिल्लाले नर्विचलाई २–० ले तथा क्रिष्टल प्यालेसले साउथ ह्यामटनले २–१ ले पराजित गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद