Media Network

प्रिमियर लिगः म्यान्चेष्टर सिटी र लिभरपुलको बराबरी


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । उपाधि दाबेदार शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । इंग्लिस प्रिमियर लिगको यो सिजनको फाइनल सरह मानिएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान इतिहादमा सिटीले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो । 

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे । पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २–१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २–२ को बराबरी ल्याए । 

बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद