जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।
यस्तै, गएरातीकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एन्थोनी गार्डेनको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड पराजित भएको हो । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७ औं मिनेटमा गोल गरे ।
प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्नलीसँगको अंक दुरी चार अंक पुर्याएको छ ।
यस्तै, गएरातीको अर्को खेलमा टोटनहमले एस्टन भिल्लालाई ४–० ले पराजित गरेको छ । टोटनहमको जितमा ह्युन मीन सनले ह्याट्रिक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे ।
जितसँगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ ।
यसैगरी अर्को खेलमा ब्राइटनसँग घरेलु मैदानमै आर्सनल २–१ को अन्तरले पराजित भएको छ भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३–० गोल अन्तरले हराएको छ ।