म्यानचेस्टर सिटीले २–० गोल अन्तरले पछि परेपछि दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो । सिटीले दोस्रो हाफमा पाँच मिनेटमा ३ गोल गरेको थियो ।
सिटीका लागि इके गुनडोगनले खेलको ७६ र ८१औं मिनेटमा गोल गरेका थिए भने रोड्रीले खेलको ७८औं मिनेटमा गोल गरेका थिए ।यसअघि एस्टन भिल्लाका लागि माटी क्यास र फिलिप कोटिन्होले एक एक गोल गरेका थिए ।
यो जितपछि सिटीको ३८ खेलमा ९३ अंक भएको छ र प्रिमियर लिगको उपाधि जितेको छ ।