Media Network

‘प्रसाद २’ को औपचारिक घोषणा, यसै साताबाट फ्लोरमा जादै


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौ । फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य अभिनयमा रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक घोषणा गरेको हो ।

२०७५ मा सफल फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्न लागेको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले सुदर्शनलाई निर्देशनको जिम्मेवारी सुम्पेको हो ।

अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने धारणा राखे । लेखक पौडेलले यो फिल्म नाम मात्रैको सिक्वेल नहुने बताए । 

निर्माता टिमले ‘जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद २ त्यहिँबाट सुरुहुने बताएको छ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढावमा फिल्मको कथावस्तु रहने बताइएको छ ।

यो फिल्ममा ‘प्रसाद’मा मुख्य भुमिका निभाएका अर्का अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । अब विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा फिल्मको मुख्य अभिनयमा रहनेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद