Media Network

प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति खेलाडीहरु असन्तुष्ट, ९ जनाले छाडे प्रशिक्षण क्याम्प


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौ । बेला बेलामा विवादमा मुछिने गरेका नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टिमको क्याम्पबाट ९ जना खेलाडी बाहिरिएका छन्।

सिनियर खेलाडी रोहित चन्दसहित ९ खेलाडीले प्रशिक्षण क्याम्प छाडेका हुन्।  एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो।

बुधबारको अभ्यासमा रोहितसहित ९ खेलाडी अनुपस्थित थिए।राष्ट्रिय टिमको व्यवस्थापन पक्षले खेलाडीहरूले प्रशिक्षण क्याम्प छाडेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेको बताईएको छ ।यस नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद