Media Network

प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना पुष्टि भएपछि मिस वर्ल्ड २०२१ स्थगित


खबरस्टोरी संवाददाता

२ पुष २०७८,शुक्रबार

काठमाडौँ।  मिस वर्ल्डको ग्रान्ड फिनाले स्थगित भएको छ। प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि फिनाले विज्ञप्ति जारी गर्दै स्थगित भएको हो। प्रतियोगिता स्थगित भएसँगै प्रतियोगीहरू स्वदेश फर्कने भएका छन्।

मिस वर्ल्ड आयोजकले आफ्ना सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र पुनः कार्यक्रम गर्न सकिने जनाइएको छ।

सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो। सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण थप पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको थियो। 

सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने आयोजकले जानकारी दिएको छ। नेपालबाट नम्रता श्रेष्ठ प्रतियोगितामा भाग पुगेकी छिन्।










Share:
Reaction :
ताजा समाचार
खेलकुद