Media Network

प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई


खबरस्टोरी संवाददाता

५ माघ २०७८,बुधबार

काठमाडौं। प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । 

बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।

एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद