‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित
काठमाडौं।  सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा नीता ढुंगानाले निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । उक्त चलचित्रमा अनुवन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् । 

ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रस्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत गर्न पाउँदा उत्साही भएको बताएकी छन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् । 

८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।