Media Network

राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । 

शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर जेभरेभ दोस्रो सेटमा घाइते भएपछि वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ ९१०–८० ले जितेका थिए । तर, दोस्रो सेट ६–६ को स्थितिमा रहेको थियो । नाडालले १३ पटक फ्रेन्च ओपन जित्दै कीर्तिमान कायम गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद