रोहित चन्दको टोलीले रोनाल्डिन्होको टिमलाई हरायो


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
रोहित चन्दको टोलीले रोनाल्डिन्होको टिमलाई हरायो
ट्रफियो रोनाल्डिन्हो नाम दिइएको च्यारिटी म्याचमा नेपाली फुटबल रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसी ब्राजिलका चर्चित पूर्वखेलाडी रोनाल्डिन्होको टोलीलाई हराएको छ ।

गएराति मालाङस्थित कान्जुरुहान रंगशालामा भएको खेलमा निर्धारित समयमा गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । 

पेनाल्टीमा रोनाल्डिन्होको टोल ४–२ गोलले पराजित भयो । रोनाल्डिन्हो च्यारेटी म्याच खेल्न इन्डोनेसिया पुगेका थिए । उनले १६ जनवरी २०१८ मा फुटबलबाट संयास घोषणा गरेका थिए ।