राजु लामाले गरे सगरमाथाको सफल आरोहण


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
राजु लामाले गरे सगरमाथाको सफल आरोहण
काठमाडौ । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । २७ टोलीसँग सगरमाथा पुगेका राजुले आज बिहान ४ बजेदेखि ६ः४० को बिचमा सगरमाथा शिखरमा पाइला टेकेका हुन् । 

८ विदेशी सहित १८ नेपालीसँग सगरमाथा उक्लिएका राजु  इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा पुगेका हुन् ।