राजेश हमाल जन्मदिन मनाउन बिहानै पशुपति पुगे, कति बर्षका भए ?


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
राजेश हमाल जन्मदिन मनाउन बिहानै पशुपति पुगे, कति बर्षका भए ?
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल आफ्नो जन्मदिन मनाउन आज  बिहानै पशुपति पुगेका छन्। 

महानायक हमालले आज आफ्नो जन्मदिन मनाइरहेका छन्। शुभचिन्तक तथा परिवारका सदस्यहरुले महानायक हमाललाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन्।

वि.सं २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा जन्मेका हमाल आजबाट ५८ वर्षका भएका छन्।

महानायक हमाल ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए।

आजको दिनसम्म आइपुग्दा महानायक हमालले २ सय ७ वटा फिल्ममा अभिनय गरेका छन्। केही फिल्म छायांकनको तयारीमा छन्।